शनिबार ८,२४३ जना कोरोना मुक्त, ५ हजार ४२ जनामा संक्रमण पुष्टि

दार्चुला । नेपालका कोभिड–१९ बाट एकैदिन ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका हुन् । योसँगै कोभिड संक्रमणमुक्त हुनेको संख्या ४ लाख ८४ हजार ३ सय ७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गरिएको ११ हजार ४ सय ७१ पीसीआर र ५ हजार ३ सय ४३ एन्टीजेन परीक्षणमा देशभरका ५ हजार ४२ जनामा कोभिड संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५ लाख ९८ हजार २ सय ४ जना पुगेको छ ।

यस्तै, सोही समयमा देशभरका ६८ जना मानिसले ज्यान गुमाउँदा कोभिडबाट मृत्यु हुने ७ हजार ७ सय ९९ पुगेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?