संसदको अवरोध खुलाउन सत्ता पक्षले पहल गरेन : भीम रावल

दार्चुला। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसदको अवरोध खुलाउन सत्ता पक्षले कुनै पहल नगरेको बताउनुभयो । जनताले निर्वाचित गरेका प्रतिनिधिहरुको सार्वभौम थलो संसदको उपयोगितालाई सिद्ध गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रेस चौतारी अछामले शुक्रबार सदरमुकाम मंगलसेनमा गरेको पत्रकार भेटघाटमा नेता रावलले भन्नुभयो, ‘वर्तमान सरकार तथा सत्ता साझेदारहरु दलहरुले संसदको अवरोध समाधान गर्नतर्फ भन्दा पनि पेलेरै अघि बढ्न खोजेको देखिन्छ । उचित समाधानका लागि सरकारको नेतृत्वकर्ताले कुनै पहल गर्नुपर्ने हो, तर त्यसो भएको छैन ।’

वर्तमान सरकार जनताप्रति उदासीन भएकाले नै अहिले बजेट खर्च गर्न नपाउने अवस्था सिर्जना भएको रावलले जिकिर गर्नुभयो। ‘नेपालको इतिहासमै पहिलो पटक यस्तो समस्या आएको हो,’ उहाँले अगाडि भन्नुभयो, ‘यस्तो हुँदा समेत सरकारको नेतृत्व गरिरहेकाहरुलाई कुनै चिन्ता छैन, दुई महिना बितिसक्दा समेत मन्त्रीमण्डलले पूर्णता नपाउनु अर्को बिडम्बना हो ।’

रावलले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशको पनि आलोचना गर्नुभयो । ‘कुनै राजनीतिक दल विभाजनका लागि केन्द्रीय कमिटी र संसदमा ४० प्रतिशत हुनुपर्ने कानूनी व्यवस्था छ । निवर्तमान सरकारले दुवैमध्ये कुनै एउटामा ४० प्रतिशत भए हुने अध्यादेश ल्याउँदा निकै विरोध गर्नेहरुले वर्तमान सत्ता साझेदार दलले कुनै एउटामा मात्रैमा २० प्रतिशत भए पार्टी विभाजन गर्न सकिने अध्यादेश ल्याउँदा पनि समर्थन गरेको देख्दा अचम्म लागेको उहाँको भनाई थियो ।
देशको स्वाधीनता तथा अखण्डता संकटमा परेको बेला वर्तमान सरकार चुपचाप बसेको नेता रावलको आरोप छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?