दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाका विभिन्न वडाहरुमा रहेको सञ्चार समस्या समाधान गर्न लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशी नेतृत्वको टोली सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेको छ । लेकमको अधिकासं क्षेत्रमा टेलिफोनको टावरले काम नगरेको भन्दै समस्या समाधान गर्न अध्यक्ष परमानन्द जोशी र उपाध्यक्ष मावधी जोशीले मन्त्रालयमा पुगेर अनुरोध गर्नुभएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्याललाई भेटेर सञ्चार समस्या समाधान गर्न डेलिगेसन बुझाइएको अध्यक्ष जोशीले जानकारी दिनुभयो । जवाफमा सचिव अर्यालले भएका टावरहरुको छिट्टै स्तरोन्नती गर्ने र नेपाल टेलिकमको नयाँ टावर समेत थप गर्ने प्रतिबद्धता व्यक्त गरेको उहाँले बताउनुभयो । लेकममा कैनोडा तितेकाँडा र उचाकोट टावर भएपनि राम्रोसंग काम गर्ने गरेको छैन् । बादल लागेको र रातीको समयमा फोनमा कुरा गर्न समेत लेकमको अधिकासं ठाउँमा टेलिफोन लाइनले काम नगर्ने समस्या छ ।
अत्यावश्यक काम परेको बेला टेलिफोनमा कुरा गर्न समेत नपाएको र सञ्चारको युगमा इन्टरनेटको पहुँचबाट बाहिर रहेर सञ्चारविहिन हुनुपर्ने अवस्था रहेको लेकमवासी सेवाग्राहीको गुनासो छ । सबै क्षेत्रमा फोर जी नेटवर्कसहित टेलिकमको सेवा सुधार गर्न मन्त्रालयलाई अनुरोध गरिएको र छिट्टै सेवा सुधार गर्ने आश्वासन प्राप्त भएको अध्यक्ष जोशीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया