विजया दशमीको अवसरमा नौगाड गाउँपालिकाद्वारा जिल्ला कारागारका  कैदीहरुहरुलाई खसी हस्तान्तरण

दार्चुला नौगाड गाउँपालिका द्वारा जिल्ला कारागार दार्चुलामा रहेका  कैदीहरुलाई खसी हस्तान्तरण गरिएको छ।गाउँपालिका अध्यक्ष प्रेम सिह धामी नेतृत्वको टोली खलंगा पुगेर बिहान खसी हस्तान्तरण गरिएको योजना शाखा प्रमुख नरेन्द्र ठगुन्नाले जानकारी दिनुभयो।विजया दशमी २०७८को अवसरमा, हर्षो उल्लासका साथ कैदीहरुले पनि दशैं मनाउन पाउन भन्ने उद्देश्यले  खसी हस्तान्तरण गरिएको हो।

दशैंको शुभकामना प्रदानका साथै खसी हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष प्रेम धामीले कारागारमा रहेका कैदीहरुलाई फुर्सदको समयमा खाली बस्नुको साटो विभिन्न ज्ञान सीप आर्जन गर्नका लागि पुस्तक,पत्रपत्रिका पढ्नुपर्ने तथा रेडियो सुनेर रचनात्मक कामको थालनी गर्नुपर्ने र सही समयको सदुपयोग गर्नुपर्ने सुझाव दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?