सैन्य अस्पतालमा विष्फोट र आक्रमणः २० जनाको मृत्यु, १६ घाइते

दार्चुला । अफगानिस्तानको राजधानी काबुलको एक सैैनिक अस्पतालमा गराइएको विस्फोट र आक्रमणमा परी २० जनाको मृत्यु भएको छ । काबुस्थित सर्दार खान सैनिक अस्पतालमा गराइएको विस्फोटमा परी १६ जना घाइते भएका छन् ।

अस्पताल बाहिर विस्फोट गराएपछि बन्दुकधारीहरू अस्पताल परिसरमा प्रवेश गरेका थिए । आक्रमणको जिम्मा अतिवादी मुस्लिम समूह इस्लामिक स्टेटसँग आबद्ध आईएस–के ले लिएको छ । विस्फोटपछि घटनास्थलमा धुवाँको मुस्लो निस्किएको भिडियो सामाजिक संजालहरुमा देखाईएको छ । दुई ओटा विस्फोट मध्ये एउटा विस्फोट आत्मघाती भएको अस्पतालका डा।सहिद अहदले जानकारी दिनुभयो ।

तालिबानले राजधानी काबुल कब्जा गरेपछि आईएसले अफगानिस्तानमा हिंसात्मक हमलाहरु गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?