दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाका ९ वटै वडामा डेंगीबिरुद्ध सचेतनामूलक कार्यक्रम सुरु भएको छ ।
नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार एडिस एजिप्टाई र एजिप्ट एल्वोपिक्टस नामक लामखुट्टेको टोकाईबाट लाग्ने डेंगी रोग नियन्त्रण र न्युनिकरण गर्नका लागि महाकाली नगरपालिकाले समुदाय र विद्यालयस्तरमा आजबाट स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी ठगुन्नाले जानकारी दिनुभयो ।
नगरपालिका अन्र्तगतको स्वास्थ्य शाखाले डेंगी लगायत किटजन्य रोग नियन्त्रणका लागि समुदाय र विद्यालयस्तरमा स्वास्थ्य शिक्षा दिने योजना बनाएको उहाँले बताउनुभयो । महाकाली नगरपालिकाको वडा नम्बर ४ र ५ मा बढी जनसङ्ख्या भएका कारण यो क्षेत्रमा दुई÷दुई वटा समुह बनाएर जनचेतना मुलक स्वास्थ्य शिक्षा तथा रोग सार्ने लामखुट्टेका लार्भा र फुल ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ ।
टोलीमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको छ ।





प्रतिक्रिया