दार्चुला । दातृ निकायले सहयोग कटौटी गरेसंगै दार्चुलाका ७ वटा स्थानीय तहहरुलाई विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम हस्तान्तरण गरिएको छ ।
हालसम्म महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका,दुहुँ गाउँपालिका, लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिकालाई कार्यक्रम हस्तान्तरण गरिएको सम्बन्धित स्थानीय तहहरुले जानकारी गराएका छन् ।
त्यस्तै आज जिल्लाको नौगाड गाउँपालिकालाई पनी कार्यक्रम हस्तान्तरण गरिएको छ । नैगाड गाउँपालिका उपाध्यक्ष जगत सिंह ठगुन्नाको अध्यक्षतामा आयोजित हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रितम सिंह ठगुन्ना, पालिकाका शाखागत कर्मचारी आइडीएस नेपालका डिपीसी टेक बहादुर खडका लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा आइडीएस नेपालका कर्मचारीहरुलाई सम्मानपत्रसहित विदाई गरिएको हो । विद्यालय दिवा खाजा कार्यक्रमको विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तरगत भए गरेका कामहरुको समिक्षा गर्दै कार्यक्रम हस्तान्तरण गरिएको बताइएको छ ।
यसपछि जिल्लाको अपिहिमाल गाउँपालिका र ब्याँस गाउँपालिकामा पनी कार्यक्रम हस्तान्तरणको तयारी भइरहेको बताईएको छ ।





प्रतिक्रिया