भारतको आन्ध्र प्रदेशमा मोंथा नामको चक्रवातको चेतावनी

भारतको मौसम विभागले मोंथा नामको चक्रवातको चेतावनी दिएको छ । चक्रवात आज बेलुकी वा राततिर आन्ध्र प्रदेशको मछलीपट्टनम र कलिंगपट्टनमबीचको काकीनाडा तटमा ठोक्किन सक्ने बीबीसी हिन्दीले जनाएको छ ।

भुवनेश्वरको मौसम विभागकी निर्देशक डा। मनोरमा मोहन्तीका अनुसार चक्रवात आज बिहानसम्म थप बलियो हुनेछ । यस क्रममा हावाको गति ९० देखि १०० किलोमिटर प्रतिघण्टा पुग्न सक्ने खबरमा उल्लेख छ ।

चक्रवातको प्रभावले ओडिशामा आउँदो दुईरतीन दिनसम्म भारी वर्षा हुने सम्भावना छ । ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले राज्यमा आवश्यक तयारी पूरा गरिएको बताउँदै ठूलो क्षति हुने सम्भावना कम भए पनि सरकार सतर्क रहेको प्रतिक्रिया दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?