बैतडीका एक जना लागूऔषधसहित धनगढीबाट पक्राउ

दार्चुला । बैतडीका एक जना लागूऔषधसहित धनगढीबाट पक्राउ परेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकबाट बैतडीको पाटन नगरपालिका–१ घर भई हाल कैलालीको गोदावरी नगरपालिका–१ अत्तरीया कोठा गरी बस्ने २४ वर्षीय नन्दराज भट्टलाई लागूऔषधसहित पक्राउ गरिएको हो ।

भट्टको साथबाट ३२० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारि उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधवार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?