दार्चुलामा २६ सय बढीले गराए मतदाता नमावलीमा नाम दर्ता

दार्चुला । दार्चुलामा २६ सय बढीले मतदाता नमावलीमा नाम दर्ता गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगले दिएको मंसिर ५ सम्मको अन्तिम समय सम्ममा २ हजार ६ सय ८ जनाले मतदाता नमावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकास जोशीले बताउनुभयो ।

गत असोज ९ देखि मङ्सिर ५ गतेसम्म मतदाता दर्ता गर्न सकिने व्यवस्था रहेकामा कार्यालयमा पुगेर र राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावली दर्ता भएको उहाँले बताउनुभयो ।

यस अवधिमा ६ सय ४६ महिला र ७ सय ६४ पुरुष गरि १ हजार ४ सय १० जनाले कार्यालयमै पुगेर नाम दर्ता गराएका छन् । यस्तै १ हजार १ सय ९८ जनाले राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । यस अवधिमा ४ सय १९ जनाले स्थान परिर्वतन गरेका छन् भने ८६ जनाले त्रुटी सच्याउनका लागि कार्यालयमा निवेदन दिएको सूचना अधिकारी जोशीले बताउनुभयो ।

त्यस्तै जिल्लाका दुई वटा मतदान केन्द्र स्थानन्तरणका लागि निर्वाचन आयोगमा सिफारिस गरिएको जोशीले बताउनुभयो।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले मतदान केन्द्र स्थान्तरणको माग गदैँ आयोगमा सिफारिस गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?