एनपीएल खेल्न काठमाण्डाै आइपुगे फाफ डु प्लेसिस

दार्चुला । दक्षिण अफ्रिकाका दिग्गज क्रिकेटर फाफ डु प्लेसिस विराटनगर किङ्ग्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्न काठमाण्डौ आइपुगेका छन् ।

४१ वर्षीय डु प्लेसिस केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । उनलाई विमानस्थलमा विराटनगर किङ्ग्सका प्रतिनिधिले स्वाग गरे । डु प्लेसिसले अब विराटनगरका बाँकी खेलहरू खेल्नेछन् ।

एनपीएलमा आज कुनै खेल थिएन । एनपीएलमा भोलि दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान पौने १२ बजे चौथो स्थानको चितवन राइनोज र पुछारमा रहेको जनकपुर बोल्ट्स खेल्दैछन् । यस्तै दोस्रो खेलमा दिउँसो ४ बजे छैटौं स्थानको कर्णाली याक्स र सातौं स्थानको पोखरा एभेन्जर्स खेल्दैछन् ।

यही मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल यही २७ गतेसम्म चल्नेछ । एनपीएलमा आठ वटा टोली सहभागी छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?