हतियारधारी अभियुक्तलाई एक्लै नियन्त्रणमा लिने महिला प्रहरी शाहानाको अदम्य साहस

दार्चुला । ललितपुरको मंगलबजार क्षेत्रमा दुई जनाको नृशंस हत्या पश्चात् हतियारसहित फरार अभियुक्तलाई निडरतापूर्वक नियन्त्रणमा लिने क्रममा एक महिला प्रहरी जवानले अदम्य साहस प्रदर्शन गरेकी छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्रको ११-८३ औँ समूहबाट हालै दीक्षित भई उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत महिला प्रहरी जवान शाहाना बोहराले उक्त साहसिक कार्य सम्पन्न गरेकी हुन्। घटनापछि त्रासपूर्ण अवस्था सिर्जना भएको समयमा उनले आफ्नो ज्यानको कुनै प्रवाह नगरी एक्लै अभियुक्तलाई लखेट्दै नियन्त्रणमा लिन सफल भएकी प्रहरी स्रोतले जनाएको छ।

हतियारधारी तथा खतरनाक अवस्थाका अभियुक्तलाई एक्लै सामना गर्दै नियन्त्रणमा लिनु जोखिमपूर्ण कार्य भए पनि प्रहरी जवान बोहराले देखाएको दृढता, आत्मविश्वास र कर्तव्यनिष्ठताले उनको व्यावसायिक दक्षता र समर्पणलाई उजागर गरेको छ।

उनको यस असाधारण साहस र कर्तव्यपरायणताको उच्च मूल्यांकन गर्दै उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उनलाई सम्मान तथा पुरस्कृत गरेको जनाएको छ।

उक्त घटनालाई नेपाल प्रहरीका लागि प्रेरणादायी उदाहरणका रूपमा हेरिएको छ। प्रहरी वर्दीको जिम्मेवारी, सेवाभाव र जनसुरक्षाप्रतिको प्रतिबद्धता कस्तो हुनुपर्छ भन्ने सन्देश यस घटनाले स्पष्ट पारेको छ।

प्रहरी जवान बोहराको वीरतापूर्ण कार्यले नागरिकमा सुरक्षाप्रतिको विश्वास अझ मजबुत बनाएको छ भने सम्पूर्ण प्रहरी संगठनको प्रतिष्ठा उच्च बनाएको छ। साथै, सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र परिवारले समेत उनको साहस र आत्मविश्वासप्रति सम्मान प्रकट गरेको जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?