३५ सय रुसी सेनाको मृत्यु भएको युक्रेनी दाबी

एजेन्सी । युक्रेनको सेनाले अहिलेसम्म रुसका ३५ सयभन्दा बढी सेनाको मृत्यु भइसकेको दाबी गरेको छ ।

सैन्य क्षतिबारे फेसबुकमा प्रकाशित विवरणमा अहिलेसम्म युक्रेन आक्रमणमा सम्मिलित ३५ सय भन्दा बढी रुसी सैनिकको मृत्यु भएको र झन्डै २०० जनालाई बन्दी बनाइएको दाबी गरिएको छ ।

युक्रेनी सेनाको दाबीअनुसार रुसले आफ्ना १४ वटा विमान र १ सय २ वटा ट्याङ्क पनि गुमाएको छ बीबीसीले जनाएको छ ।

रुसले आफ्नोतर्फ भएको मानवीय क्षतिको भने कुनै विवरण सार्वजनिक गरेको छैन ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग आत्मसमर्पण गर्न आह्वान गरेको भन्ने अफवाहको खण्डन गरेका छन् ।

अफवाहलाई निस्तेज पार्न उनी आफैँ राजधानी कीभको सडकमा पुगेरभिडिओ खिच्दै ट्विटरमा प्रेषित गरेका छन् ।

‘मैले सेनालाई हतियार बिसाउन भनेको तथा ठाउँ छोड्ने क्रम सुरु भएको जस्ता निकै मिथ्या सूचनाहरू अनलाइनमा छन्,’ उनले भने, ‘म यहीँ छु, हामी हतियार बिसाउँदैनौँ, हामी हाम्रो राष्ट्रको प्रतिरक्षा गर्छौं ।’

त्यसैगरी, रुसी सैनिकहरूले दक्षिणी युक्रेनको मिलिटोपोल नगर नियन्त्रणमा लिएको रुसको रक्षा मन्त्रालयलाई उद्धृृत गर्दै समाचार रुसी समाचारसंस्था इन्टरफ्याक्स र स्पुत्निकले प्रकाशित गरेका छन् ।

मिलिटोपोल युक्रेनको मुख्य बन्दरगाह मारिऊपोलनजिकै रहेको एउटा मध्यम आकारको शहर हो

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?