दार्चुला । दार्चुलाका अधिकासं नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ र पदभार ग्रहण गरेका छन् । महाकाली, शैल्यशिखर, मालिकार्जुन, मार्मा, अपिहिमाल, दुहुँ, व्यास र नौगाड लगायत स्थानीय तहका नवनिर्वाचित प्रमुख, अध्यक्ष, उपप्रमुख र उपाध्यक्षहरुले पद तथा गोपनियताको सपथ ग्रहणसंगै पदभार ग्रहण गरेका हुन् । महाकाली नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले विहिबार पदबहाली गरेका हुन् । जिल्ला सदमुकाम खलंगा क्षेत्र समेत समेटिएको महाकाली नगरपालिकाको नगर प्रमुखमा निर्वाचित नरसिंह चैसिर र उप प्रमख दुर्गा खत्री विष्टले बिहिबार (आज) पदभार ग्रहण गर्नुभएको हो । मेयर चैसीरले नगरपालिकाले पाँच सयसम्म लिने गरेको सिफारिस दस्तुरलाई सयमा झार्ने घोषणा गर्नुभएको छ ।

अन्य विभिन्न स्थानीय तहमा जनप्रतिनिधिहरुले शुक्रबार (आज) पदभार ग्रहण गरेका छन् । नौँ वटै स्थानीय तह प्रमुखहरुलाई विहिबार (हिजो) जिल्ला न्यायधिश कोमलप्रसाद आचार्यले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको थियो । पालिकाका प्रमुखहरुले निर्वाचित भएको सात दिनभित्र जिल्ला न्यायधिशबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । पालिकाका उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यहरुले सम्बन्धित पालिका प्रमुखबाट शपथ लिनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

शैल्यशिखरका नगरप्रमुख विजयसिंह धामी र उपप्रमुख शान्ति खडायले आज पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्दै मेयर धामीले सरकारी कार्यालयबाटै सेवा प्रवाह गर्ने घोषणा गर्नुभएको छ । यसअघिको नेतृत्वले वडा तथा नगरका सरकारी भवनलाई बाँझो राखेर आफन्त÷कार्यकर्ताका घरहरू भाडामा लिइ कार्यालय सञ्चालन गर्दै आइरहेको आरोप लाग्ने गरेको थियो । नव–निर्वाचित नगरप्रमुख विजयसिंह धामीले आजैका मितिदेखी वडा तथा नगरपालिकाका कार्यालयहरू सरकारी भवनबाटै प्रशासकीय कामकाज थाल्ने प्रतिबद्धता सहित गोकुलेश्वर माध्यमिक विद्यालयसङ्गै रहेको शैल्यशिखर नगरपालिकाको पुरानो (सरकारी) भवनमा पदभार ग्रहण गर्नुभएको हो ।

यस्तै नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामी र उपाध्यक्ष जगतसिंह ठगुन्नाले पदभार ग्रहण गर्नुभएको छ । अध्यक्ष धामीले सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै सुशासन, विकास र समृद्धिका लागि काम गर्न सबैलाई निर्देशनात्मक अनुरोध गर्नुभएको छ । नौगाड र नौगाडबासी जनताको पक्षमा काम गर्ने घोषणासहित पदभार ग्रहण गरेको अध्यक्ष धामीले बताउनुभयो । व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामी र उपाध्यक्ष विनोद कुवँरले पनि आजै सपथ ग्रहण गर्नुभएको छ । मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामी र उपाध्यक्ष पंकज धामीले पनि सपथ ग्रहण गर्नुभएको छ ।

दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्र बडाल र उपाध्यक्ष शान्ति बमले शुक्रबार सपथ ग्रहण गर्नुभएको छ । पदभार ग्रहणको अवसरमा दुहुँका अध्यक्ष नरेन्द्र बडालले शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रको विकासमा प्रतिवद्ध भएर काम गर्ने घोषणा गर्नुभएको छ । कसैप्रति पुर्वाग्रह नराखि सन्तुलित र न्यायोचित काम गर्ने अध्यक्ष बडालको भनाई छ । मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी र उपाध्यक्ष सर्मिला सिंह, अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे र उपाध्यक्ष देबकी बोहरा लगायतले समेत आजै सपथ ग्रहण गर्नुभएको छ ।

लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीले सपथ ग्रहण गर्नुभएको छ । लेकममा अरु जनप्रतिनिधिको सपथ ग्रहण र पदभार ग्रहण शनिबार विहान ११ बजे रातामाटामा गर्ने तयारी रहेको लेकमका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण भट्टले जानकारी दिनुभयो । सपथ तथा पदभार ग्रहण कार्यक्रममा उपस्थितिका लागि सबै जनप्रतिनिधि, पुर्व जनप्रतिनिधि, समाजसेवी, बुद्धिजिवि लगायतलाई अनुरोध गरिएको छ ।

तस्बिरमा हेर्नुहोस विभिन्न स्थानीय तहका प्रमुखहरुको पदभार ग्रहण

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?