दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ काँडापारीका एक बालक सम्पर्क विहिन भएका छन् । काँडापारी बस्ने कृष्ण बोहराका १३ वर्षीय छोरा सुब्बु बोहरा यहि मंसिर २६ गते देखि सम्पर्क विहिन हुनुभएको छ ।
२६ गते दिउँसो अन्तिम पटक गोकुलेश्वर बजारमा देखिएका सिब्बु त्यस यता सम्पर्क विहिन भएको उहाँका दाई विरेन्द्र बोहराले बताउनुभयो ।
सिब्बुको खोजी कार्यमा सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् । सिब्बुलाई कही कतै देख्नु भएका उहाँका दाई विरेन्द्रको मोबाइलनम्बर ९८६५९८५९७१ वा नजिकैको प्रहरीमा खबर गरिदिन पारिवारिक स्रोतले आग्रह गरेका छन् ।





प्रतिक्रिया