दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाले अगामी पुस १० गते देखि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संञ्चालन गर्ने तयारी गरेको छ । गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै आगामी पुस १० गतेबाट छैंटौं गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता संञ्चालन गर्न लागेको हो ।
गाउँपालिकास्तरीय छैंटौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता पालिकाको तपोवन खेलमैदानमा संञ्चालन गर्ने तयारी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मेन्द्र जोशीले जानकारी दिनुभयो ।
उक्त प्रतियोगितामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संञ्चालन निर्देशिका संशोधन २०७० अनुसार सहभागी हुने विद्यार्थीहरुको विबरण अनिवार्य रुपमा पुस ९ गते भित्र अध्ययनरत कक्षा उमेर खेल्ने कागज पत्रसहित कार्यालयमा पेश गर्न सूचना मार्फत जानकारी गराइएको छ ।
यस अघि जिल्लाको अपिहिमाल गाउँपालिकाले पुस ६ गते देखि पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।





प्रतिक्रिया