दार्चुलामा मकै उत्पादन दोब्बरले बढ्यो

दार्चुला । दार्चुलामा यो वर्ष मकै उत्पादन बढेको छ । जिल्लाको प्रमुख बर्षेबालीको रुपमा उत्पादन हुने मकै गत वर्षको तुलनामा यो वर्ष झन्डै दोब्बरले उत्पादन बढेको हो ।

कृषि ज्ञान केन्द्र दार्चुलाको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ (अर्थात गत बर्षको वर्षे बाली) मा जिल्ला भरि ५ हजार ७ सय २० हेक्टर क्षेत्रफलमा १८ हजार १ सय ४० मेट्रिकटन मकै उत्पादन भएको छ । त्यस्को अघिल्लो वर्ष अर्थात आर्थिक वर्ष २०८१/०८२ मा जिल्ला भरि १० हजार हजार २ सय १० मेट्रिकटन मात्रै मकै उत्पादन भएको थियो ।

गत वर्षको तुलनामा यो वर्ष झन्डै दोब्बरले मकै उत्पादन बढेको कृषि ज्ञान केन्द्र दार्चुलाका निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी शिशिर आचार्यले बताउनुभयो । गत वर्षको तुलनामा यो वर्ष १ सय १० हेक्टर क्षेत्रफलमा मकै खेती विस्तार भएको छ । यो वर्ष खेती हुने क्षेत्र सामान्य रुपमा बढेको तर उत्पादन भने झन्डै दोब्बरले बढेको उहाँले बताउनुभयो ।

गत वर्ष १.८२ मेट्रिकटन प्रति हेक्टर उत्पादकत्व रहेकोमा यो वर्ष उत्पादकत्व पनि बढेर प्रति हेक्टर ३.१७ मेट्रिकटन पुगेको उहाँले बताउनुभयो । \

दार्चुलाका ९ वटै स्थानीय तहमा मकै खेती हुने गरेको छ । यो वर्ष अनुकुल वर्षा भएको र रोग किराको प्रकोप कम रहेकोले उत्पादन बढेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?