बैतडीको अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

दार्चुला । बैतडीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

आज विहान धनगढीबाट बैतडीतर्फ आउँदै गरेको ग्वाल्लेक निर्माण सेवाको म १ त १०१३ नम्बरको ट्या्क्टर पाटन नगरपालिका वडा नम्बर ८ अनारखोलीमा दुर्घटनामा परेको हो। दुर्घटनामा परेर दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै घर भएका ट्याक्टर चालक २१ वर्षीय करन घर्तीमगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुरज सिंहले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका तीन जनालाई उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। घाइतेहरुमध्ये पनि २ जनाको स्वथ्य अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो ।

ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खसेको छ ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको र अन्य विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?