गोकुलेश्वरमा महिला स्वास्थ्य स्वयम सेविकाहरुको १० दिने आधारभूत तालिम सम्पन्न

दार्चुला । दार्चुलाको गोकुलेश्वरमा महिला स्वास्थ्य स्वयम सेविकाहरुको लागि सञ्चालन गरिएको १० दिने आधारभूत तालिम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय दार्चुलाको आयोजनामा जिल्लाका ४ स्थानीय तहका सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाहरुको लागि सञ्चालन गरिएको १० दिने आधारभूत तालिम मंगलबार सम्पन्न भएको हो ।

तालिममा जिल्लाको शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका, अपिहिमाल गाउँपालिका र मार्मा गाउँपालिकाका २१ जना सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाहरुको सहभागिता रहेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।

यस अघि तालिम नपाएका महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई तालिम दिइएको हो । तालिमले महिला स्वास्थ्य स्वयम सेविकाहरुको क्षमता अभिबृद्धी हुने र त्यस्ले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुच थप विस्तार हुने शैल्यशिखर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत शिव दत्त जोशीले बताउनुभयो । आधारभूत तालिम माघ ११ गते देखि सञ्चालन भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?