दार्चुला । शैक्षिक अभियन्ता तथा मन्थली माध्यमिक विद्यालय, रामेछापका पूर्व सहायक प्रधानाध्यापक चन्द्र सिंह धामी र उहाँका भाइ वीरगञ्ज सामुदायिक आँखा अस्पतालका व्यवस्थापक महेश सिंह धामीको पहल तथा व्यवस्थापनमा राष्ट्रिय माध्यमिक विद्यालय, मालिकार्जुन–२, ठिङ भगवतीमा बुधबारदेखि परीक्षा सञ्चालन नहुन्जेलसम्म कक्षा ८ र कक्षा १० का विद्यार्थीहरूका लागि अतिरिक्त कक्षा सञ्चालन गरिएको छ।

परीक्षा लक्षित उक्त अतिरिक्त कक्षामा अंग्रेजी, गणित र विज्ञान विषयहरू बिहान ७ः१५ बजेदेखि १०ः०० बजेसम्म सञ्चालन भइरहेका छन्। अतिरिक्त कक्षा सञ्चालनमा संलग्न सम्पूर्ण शिक्षकहरूको खाजा खर्च तथा कक्षा १० का विद्यार्थीहरूको खानाको व्यवस्था चन्द्र सिंह धामी र महेश सिंह धामीले गर्नुभएको विद्यालयका शिक्षक बैकुण्ठ देव अवस्थीले जानकारी दिनुभयो।

शैक्षिक अभियन्ता एवं समाजसेवी चन्द्र सिंह धामी विद्यालयको बृहत्तर हितका लागि निरन्तर सक्रिय रहँदै आउनुभएको छ। उहाँले हाल कक्षा ९ का सम्पूर्ण विद्यार्थीहरूलाई आफ्नै निवासमा निःशुल्क अतिरिक्त कक्षा प्रदान गरिरहनुभएको छ।

यसैबीच, चन्द्र सिंह धामी र महेश सिंह धामीको सक्रियता तथा पहलमा दुरदृष्टि डिजिटल प्रा.लि. सुदूरपश्चिम शाखाका प्रमुख नवीन जोशीले विद्यालयलाई एक थान स्मार्ट टिभी प्रदान गर्नुभएको छ। सो स्मार्ट टिभी हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको समेत उपस्थिति रहेको शिक्षक बैकुण्ठ देव अवस्थीले बताउनुभयो।

कार्यक्रममा चन्द्र सिंह धामी र वीरगञ्ज सामुदायिक आँखा अस्पतालका व्यवस्थापक महेश सिंह धामीले विद्यालयको शैक्षिक सुधारका लागि आगामी दिनहरूमा पनि निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। विद्यालयका प्रधानाध्यापक देव सिंह धामीले दुबै जनालाई सहयोगका लागि सम्पूर्ण विद्यालय परिवारको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको शिक्षक अवस्थीले जानकारी दिनुभयो।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?