वरिष्ठ कलाकार सुनिल थापाको निधन

दार्चुला । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । उहाँको आज बिहान निधन भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो ।

काठमाण्डौको शंखमुलमा रहेको अपार्टमेन्टमा बस्दै आएका थापा गएराति अस्वस्थ भएपछि थापाथलीमा रहेको नर्भिक अस्पताल लगिएको थियो । उहाँलाई हृदयघात भएको अस्पतालले जनाएको छ । थापाको शवलाई अहिले अस्पतालमै राखिएको छ ।

६८ वर्षीय थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय हुनुहुन्थ्यो । नेपाली चलचित्र क्षेत्रमा ‘खलनायक’ को भूमिका धरै रहेका उहाँ ‘राते काइला’ को रुपमा पनि चिनिनुहुन्छ ।

थापाको परिवार भारतको मुम्बईमा रहेको र परिवारका सदस्य काठमाण्डौ आइपुगेपछि मात्रै अरु प्रकृया हुने कलाकार संघका अध्यक्ष निरौलाले जानकारी दिनुभयो ।

थापाको निधनमा कलाकार तथा शुभचिन्तकहरुले नेपाली चलचित्र क्षेत्रले बलियो धरोहर गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?