दार्चुला । कोरोना संक्रमणबाट मृत्यु भएका दार्चुलाका पुरुषको शव कैलालीमा व्यवस्थापन गरिएको छ ।
उहाँको शव गोदावरी नगरपालिका–४ स्थित तेघरी सामुदायिक वनमा व्यवस्थापन गरिएको नेपाली सेनाले जनाएको छ।
कैलालीको तेघरीस्थित भवानी दल गणबाट सह–सेनानी नबलसिंह रोकायाको कमान्डमा खटिएको तालिम प्राप्त सैनिक टोलीले शव व्यवस्थापन गरेको हो । गणबाट मुलपण्डित समेत गई धार्मिक परम्परा बमोजिम अन्त्यष्टि गरिएको बताइएको छ ।
दार्चुलाको दुहु गाउँपालिका–२ का अन्जाजी ५२ वर्षीय पुरुषको धनगढीमा मृत्यु भएको थियो। उहाँमा मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाका कोभिड–१९ सम्पर्क व्यक्ति बिरेन्द्रप्रसाद भट्टले बताउनुभयो ।
उहाँका अनुसार स्वास्थ्य अवस्था जटिल भएपछि मात्र ती संक्रमित पुरुषलाई उपचारका लागि धनगढी लगीएको थियो ।
सम्बन्धित खबर : कोरोनाबाट पहिलो पटक दार्चुलाका एक पुरुषको मृत्यु




