दार्चुला । कोरोना भाइरसको संक्रमणका कारण दार्चुलाका एक पुरुषको मृत्यु भएको छ । दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिलाका ५३ वर्षीय पुरुषको मृत्यु भएको हो।

चार दिन पहिले ज्वरो संगै श्वासप्रश्वासमा समस्या देखिए पछि उपचारका लागि धनगढी गएका उहाँको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिनुभयो ।

उहाँको मृत्यु भए पछि गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको बताइएको छ । मृतकको शव नेपाली सेनाले धनगढीमा व्यवस्थापन गर्ने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

कोरोनाका कारण मृत्यु भएपछि उहाँको घरपरिवार तथा टोल छिमेक सिल गरी सम्पर्क पहिचान तथा स्वाव संकलन गर्ने कार्य गर्ने तयारी भइरहेको दुहुँ गाउँपालिकाले जनाएको छ । कोरोनाका कारण मृत्यु भएका ति पुरुष नेपाल प्रहरीको भुतपूर्व प्रहरी नायव निरीक्षक रहेको दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

दार्चुलामा हालसम्म अपि हिमाल बाहेक आठ वटा स्थानीय तहका १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला बाहिर कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या यसमा नजोडिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?