दार्चुला । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सरकार गठनको एक महिना नपुग्दै तीन मन्त्री विवादमा तानिएका छन् । आफ्नी श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डको सदस्य बनाएपछि मन्त्री पद नै गुमाएका दीपक साहको विषय सेलाउन नपाउँदै गृहमन्त्री सुधन गुरुङ विवादमा तानिएका छन् ।

गएको फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन चैत १३ मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसपछि उनले गृहमन्त्रीमा गुरुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा साह, स्वास्थ्यमन्त्री तथा जनसंख्यामन्त्रीमा निशा मेहतालाई नियुक्त गरेका थिए ।

रास्वपा सभापति रवि लामिछानेको सिफारिसमा मन्त्री बनेका साहलाई १४ दिनमै प्रधानमन्त्री बालेनले कारबाही गरेका थिए । साहलाई बर्खास्त गरिँदा स्वास्थ्यमन्त्री मेहतालाई समेत ध्यान नपुर्‍याएको भन्दै सचेत गराएको थियो ।

गृहमन्त्री गुरुङ र विवादित व्यवसायी दीपक भट्टबीच व्यापारिक साझेदारीको तथ्य बाहिरिएपछि यति बेला चौतर्फी आलोचना भइरहेको छ । भट्टको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा गुरुङको २५ लाख रुपैयाँबराबरको सेयर रहेको समाचार सार्वजनिक भए उनी विवादमा तानिएका हुन् ।

भट्ट हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा छन् । गुरुङले आफूमाथिको विवादबारे सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्टीकरण दिएका छन् ।

गृहमन्त्री गुरुङबारे रास्वपाले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन । आइतबार ९वैशाख ६० बसेको रास्वपा सचिवालय बैठकपछि गुरुङ बूढानीलकण्ठस्थित लामिछानेको निवासमा पुगेर आफूमाथिको विवादबारे ‘ब्रिफिङ’ गरेका थिए ।

अहिलेसम्म गृहमन्त्रीबारे पार्टीले कुनै निर्णय लिएको छैन ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?