दार्चुला । दार्चुलामा एक जना पुरुषले आफ्नै बुहारी लगेर फरार भएका छन् । मार्मा गाउँपालिका ४ घोडेधारका गोबिन्द विष्टले भतिजाकी श्रीमती लगेर फरार भएका पारिवारिक स्रोतले जनाएको छ । सोही ठाउँकी आफ्नै बुहारी नाता पर्ने जयन्ती विष्ट लगेर गोबिन्द दुई हप्ता देखि सम्पर्क विहिन भएका हुन् ।

जेठ २८ गते माइत जान्छु भनेर गएकी श्रीमतीलाई काकाले लगेर फरार भएका जयन्तीका श्रीमान शंकर विष्टले बताउनुभयो । ३ वर्ष सम्म विदेशमा कमाएको धनमाल लगेर श्रीमती काका संग भागेर गएकी उहाले बताउनुभयो । श्रीमती भागेर गएपछि घरमा दुई छोराहरुको बिच्चली भएको पीडित विष्टले दुखेसो पोख्नुभयो ।

श्रीमतीको खोजिका लागि आफुले दार्चुला प्रहरीमा निवदेन समेत दिएको विष्टले बताउनुभयो । कसैले देखेमा नेपालको लागि सम्पर्क नम्बर ९८६२५७७२४५ र भारतमा ७०३७१४१७५७,९१२९१४३१२२ सम्पर्क गरिदिन आफन्तले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?