दार्चुलामा कुलोबाट चिप्लिएर गम्भीर घाइते भएका प्रहरी जवानको ज्यान गयो

दार्चुला । दार्चुलामा एक जना प्रहरी जवानको मृत्यु भएको छ। गएराति करिब १० बजेतिर नौगाड गाउँपालिकास्थित होपरीगाड प्रहरी चौकीमा कार्यरत प्रहरी जवान खेमराज भट्ट गस्तीमा गएको बेला पानी कुलोमा चिप्लिएर गम्भीर घाइते भइ उपचारको क्रममा मृत्यु भएको हो।

घाइते भट्टको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा बुधबार बिहान २ः१० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिनुभयो। बैतडी घर भएका मृतक भट्टको उमेर अन्दाजी २५ वर्ष रहेको बताइएको छ।

नौगाड गाउँपालिका–५, होपरीमा रातिको गस्ती सकेर फर्किने क्रममा प्रहरी जवान भट्ट चिप्लिएर लड्नुभएको र तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएको भए पनि उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरी निरीक्षक भट्टले बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?