दार्चुला । मंगलबार रातिदेखिको लगातार वर्षापछि दार्चुलाको मार्मा गाउँपालिका–३ स्थित रिलपहिरो क्षेत्रमा सडकको एक भाग भाँसिएको छ। सडक पूर्ण रूपमा अवरुद्ध नभए पनि सवारी आवागमनका लागि जोखिम बढेको छ।
उक्त क्षेत्रमा दार्चुला पावर कम्पनीले जलविद्युत् आयोजनाको पाइपलाइन जडानका लागि सडकमुनिबाट खन्ने काम गरेको थियो। वर्षापछि सोही क्षेत्रमा सडक भाँसिएको देखिएको स्थानीय दशरथ भट्टले बताउनुभयो ।
।
कम्पनीले सोही क्षेत्रमा पाइपलाइन विच्छ्याउने कार्य गरिरहेको र सडक सडक भाँसिनए पछि आजैबाट मेसिन लगाएर मर्मत कार्य सुरु गरिसकेको मार्मा गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ३ का वडा अध्यक्ष धिरेन्द्रसिंह धामीले बताउनुभयो ।
सडक पूर्ण रूपमा अवरुद्ध नभएको भए पनि सवारीसाधन सञ्चालनका लागि जोखिमपूर्ण अवस्था रहेकाले हुँदा कम्पनीले आवश्यक मर्मत कार्य गरिरहेको उहाँले बताउनुभयो ।
सम्बन्धित पक्षसँग समन्वय गरी सडकलाई सुरक्षित बनाउने काम भइरहेको छ र यात्रु तथा चालकलाई सावधानीपूर्वक आवतजावत गर्न अनुरोध गरिएको धामीले बताउनुभयो ।
रिलपहिरो क्षेत्र यसअघि पनि वर्षायाममा पटक–पटक पहिरोका कारण प्रभावित हुँदै आएको छ। यस वर्ष भने सडकको तल्लो भाग भाँसिएपछि जोखिम बढेको स्थानीयले बताएका छन्।
सडकको स्थायित्व र सुरक्षाका लागि आवश्यक प्राविधिक मूल्याङ्कन गरी दीर्घकालीन समाधानको व्यवस्था गर्न स्थानीयले सम्बन्धित निकायसँग आग्रह गरेका छन्।





प्रतिक्रिया