दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाका संस्थापक उपसभापति, युवा नेता राजेन्द्र पन्तले जिल्ला सचिव पदमा दाबी गर्नुभएको छ ।
पार्टी स्थापनाकाल देखि रास्वपामा सक्रिय युवा नेता तथा सामाजिक अभियन्ता पन्तले यसअघि जिल्लाको कार्यवाहक सभापति पदमा समेत काम गरिसक्नु भएको छ । आज हुन गइरहेको पहिलो जिल्ला महाधिवेसनबाट जिल्ला सभापतिका लागि रास्वपा नेता राजेशसिंह सामन्तको विकल्प नरहेको बताउदैं पन्तले आफू जिल्ला सचिव पदमा योग्य र आकांक्षी रहेको बताउन्ुभयो ।
लामो समयदेखि जिल्लामा सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय पन्तले पार्टीमा पुर्याउदै आएको योगदानका आधारमा जिल्ला सचिव पदमा योग्य रहेको र उहाँलाई नै सचिव पदका लागि समर्थन रहने रास्वपा दार्चुलाका अधिकांश नेता(कार्यकर्ता एवम् शुभेच्छुकहरूको भनाइ रहेको छ ।




