दार्चुला । थाइल्यान्डमा एक व्यक्तिले विवाहकै दिन बेहुलीसहित चार जनालाई गोली हानी हत्या गरेका छन् । एक थाई खेलाडी तथा पूर्वसैनिकले आफ्नो विवाहमा आफैँलाई गोली हानी आत्महत्या गर्नुअघि आफ्नी दुलही र अरू तीन जनालाई गोली हानेका थाइल्यान्डको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

बेलुका अचानक आफ्नो विवाह समारोह छोडेर बाहिर गएकोमा केहीबेरपछि बन्दुकसहित फर्किएर हत्या गरेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार २९ वर्षका चतुरोङ सुक्सुक र ४४ वर्षकी कञ्चना पचुन्थुकले श्रीमती, ६२ वर्षकी आमा र ३८ वर्षकी दिदीलाई गोली हानेका हुन् ।

घटनामा अरू दुई जना पाहुनालाई पनि गोली लागेको थियो । घटनाको कारण खुलेको छैन ।

स्थानीय सञ्चारमाध्ययमले विवाह समारोहमै बेहुलीसँग विवाद भएपछि यो घटना भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

दार्चुलासहित सुदूरपश्चिममा भव्यताकासाथ गौरा मनाइयो, खेणी, धोणी बर्षाले प्रभावित (भिडियो)

२०८२ भाद्र १७, मंगलवार १४:४० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?