दार्चुला । बैतडीको डिलेश्वरी नमुना माध्यमिक विद्यालयका पूर्व विद्यार्थी अम्मरराज जोशीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्नुभएको छ।

आफ्नो जन्मदिनको अवसर पारी जोशीले डिलेश्वरी नमुना माध्यमिक विद्यालयममा अध्ययनरत आर्थिक रूपमा कमजोर, जेहेन्दार तथा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका तथा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको हो ।

साथै विद्यालयमा खेलकुद गतिविधिलाई थप प्रभावकारी बनाउन जोशीले छात्र र छात्रा भलिबल टोलीका लागि एक–एक वटा भलिबल हस्तान्तरण गर्नुभएको विद्यालयले जनाएको छ।

सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालय प्रशासन तथा शिक्षकहरूले जोशीको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यले विद्यार्थीहरूमा अध्ययन र अतिरिक्त क्रियाकलापप्रति थप उत्साह पैदा गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

पूर्व विद्यार्थीका रूपमा विद्यालयप्रतिको दायित्वबोध गर्दै गरिएको सहयोगले शिक्षा र खेलकुद क्षेत्रको विकासमा सकारात्मक योगदान पुग्ने विद्यालय परिवारको भनाइ छ।

जोशीले यसअघि पनि शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रमा विभिन्न सहयोगात्मक गतिविधि सञ्चालन गर्दै आउनुभएको बताइएको छ। उहाँको यस कार्यले जन्मदिनजस्ता व्यक्तिगत अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्न सकिने सन्देश दिएको स्थानीयवासीहरूले बताएका छन्।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?