पासपोर्ट बनाउँदा लाग्ने दस्तुर घट्यो

दार्चुला । सरकारले पासपोर्ट बनाउँदा लाग्ने दस्तुर घटाएको छ। यसअघि ६६ पृष्ठको विद्युतीय राहदानी लिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा १० हजार रूपैयाँ तिर्नुपर्नेमा अब ५ हजार रूपैयाँ मात्र तिरे पुग्ने भएको छ।

यसअघि ३४ पृष्ठको विद्युतीय राहदानी लिनका लागि ५ हजार रूपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था थियो।

तर मन्त्रिपरिषदले गत जेठ २४ गतेको निर्णयअनुसार राहदानी नियमावली, २०७७ को अनुसूची ४ मा संशोधन गर्दै दस्तुर घटाएको हो।

मन्त्रिपरिषदको निर्णय जेठ ३२ गतेको राजपत्रमा प्रकाशित भएको र असार ३ गते आइतबारदेखि लागू हुने भन्दै राहदानी विभागले सम्बन्धित निकायमा सर्कुलर गरेको छ।

‘मन्त्रिपरिषदको उक्त निर्णयअनुसार ६६ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर ३४ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर सरह कायम गर्ने गरी संशोधन भएकोले मिति २०८०।०३।०३ देखि संशोधित दस्तुर लागू गर्न निर्देशानुसार अनुरोध छ।’ विभागकी निर्देशक दुरपदा सापकोटाले गरेको परिपत्रमा उल्लेख छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?