दार्चुलासहित सुदूरपश्चिममा भव्यताकासाथ गौरा मनाइयो, खेणी, धोणी बर्षाले प्रभावित (भिडियो)

दार्चुला । दार्चुलासहित सुदूरपश्चिम प्रदेशमा र देशका विभिन्न ठाउँमा यस बर्षको गौरा पर्व भव्यताका साथ मनाइएको छ । यो वर्ष भदौ शुक्ल पञ्चमीदेखि आरम्भ भएको सुदूरपश्चिमेलीहरूको महान तथा मौलिक पर्व गौरा १५ गते अठवाली अथात् अष्टमीका दिन हर्षोल्लासका साथ विधिवतरुपमा समापन गरिएको हो ।

दार्चुला, बैतडी, डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा गौरा सम्पन्न भइसके पछि पनि गौराकै अवसरमा गौरा सम्पन्न भएको करिब एक हप्ता सम्म खेणी, धोणी, लमधोणी, कफलफोडी नाममा गौरा मेला मनाउने चलन रहेको छ । पञ्चमीदेखि आरम्भ हुने गौराको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात गरेको थिए । भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ। त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिर वा गौराघरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले दुवधागो (मन्त्रिएको एक किसिमको धागो) चढाउने चलन छ। अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन) मन्दिरमा पार्वती र महेश्वरको पूजापाठ गरि भव्यताका साथ गौरा मनाउने चलन रहेको छ ।

अठवालीको दिन गौराघरबाट भराणी खाला हुँदै मन्दिरमा लगेर पुजाआजासहित गौरा खेलाइएको छ । गौरा हर्षोउल्लासपूर्वक सकिएपनि यस क्षेत्रमा लगातार भइरहेको बर्षाका कारण खेणी, धोणी भने प्रभावित भइरहेका छन्।

गौरामा अठवालीको फल फट्काएर विर्शजन गरेपछि दुबधागो लगाउने, बिरुडाले पुजा गरेर शुभआशिर्वाद दिने चलन छ । पुजाआजसहित विभिन्न शक्तिपिठमा खेल खेल्ने, दमाहा बजाउने लगायत गतिविधि गरेर खेणी धोणी मनाउने चलन रहिआएको छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?