दार्चूला । प्रतिनिधिसभाको सभामुखका लागि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले मनोनयन दर्ता गराउनुभएको छ ।

सिंहदरबारमा रहेको सङ्घीय संसद् सचिवालयमा पुगेर महासचिव पदम पाण्डेलाई सभामुख पदको उम्मेदवारीका लागि अर्यालले मनोनयनपत्र बुझाउनुभएको हो । उहाँको प्रस्तावकमा पार्टीका सभापति तथा सांसद रवि लामिछाने र समर्थकमा स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल हुनुहुन्छ ।

अर्याल गएको फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य चुनावमा काठमाण्डौ क्षेत्र नम्बर–९ बाट निर्वाचित हुनुभएको हो । यसअघि उहाँ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत बन्नुभएको थियो । सङ्घीय संसद् सचिवालयकाअनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

आजै साढे २ बजे उम्मेदवारको सूची प्रकाशित हुनेछ । सभामुख पदको चुनाव पर्सि आइतवार गर्ने तालिका छ । पर्सिको प्रतिनिधिसभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्नेछन् । रास्वपा प्रतिनिधिसभामा १८२ सिटसहित ठूलो दल रहेकाले अर्याल सभामुख हुने निश्चित छ ।

रास्वपाको हिजाे बसेको बैठकले सभामुखमा उपसभापति अर्याललाई अघि सार्ने निर्णय गरेको थियो । सभामुख पदको चुनावपछि चैत २३ गते राष्ट्रियसभा उपाध्यक्ष पदका लागि चुनाव हुनेछ ।
त्यसका लागि चैत २२ गते मनोनयन दर्ताको कार्यक्रम छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?