सुना बाननी बडू समाजको प्रथम वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा विष्णुदत्त बडू चयन

दार्चुला । पुर्ख्यौली घर दार्चुला भई हाल कञ्चनपुर जिल्लामा बसोबास गर्दै आएका बडू परिवारको साझा संस्था सुना बाननी बडू समाजको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले विष्णुदत्त बडूको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

शनिबार महेन्द्रनगरमा सम्पन्न साधारणसभाबाट उपाध्यक्षमा जयानन्द बडू, महिला उपाध्यक्षमा मोनिका बडू, महासचिवमा जयदेव बडू, सचिवमा गणेशदत्त बडू तथा कोषाध्यक्षमा माया बडू चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा लिला बडू, पशुपति बडू, कलावती बडू, जयन्ती बडू, गोविन्दबल्लभ बडू, हरिदत्त बडू, रामदत्त बडू, धर्मानन्द बडू र पदमराज बडू चयन हुनुभएको छ।

लेखा समितिको संयोजकमा राजेन्द्रप्रसाद बडू तथा सदस्यहरूमा ईश्वर बडू र दीपेन्द्र बडू चयन भएका छन्।

यस्तै, समाजको सल्लाहकार समितिमा गोपालदत्त बडू, प्रमानन्द बडू, विष्णुदत्त बडू, केशवदत्त बडू, भवानीप्रसाद बडू, रामदत्त बडू, दीपेन्द्रप्रसाद बडू, जगन्नाथ बडू र मञ्जु बडू चयन हुनुभएको छ। ९मूल विवरणमा केशवदत्त बडूको नाम दोहोरिएकाले एकपटक मात्र उल्लेख गरिएको छ।०

नवनिर्वाचित अध्यक्ष विष्णुदत्त बडूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व कृषि विकास अधिकृत प्रमानन्द बडू प्रमुख अतिथि तथा पूर्व प्रमुख प्रशासकीय अधिकृत गोपालदत्त बडू विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा महासचिव जयदेव बडूले वार्षिक सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन समाजका सदस्य ईश्वरदत्त बडूले गर्नुभएको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले समाजको एकता, पुर्ख्यौली पेशा, भाषा, संस्कृति तथा परम्परागत लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा समाजले प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

पुर्ख्यौली घर दार्चुला भई हाल कञ्चनपुर जिल्लामा बसोबास गर्दै आएका बडू परिवारको एकता सुदृढ बनाउने, पुर्ख्यौली पेशा, सामाजिक तथा सांस्कृतिक पहिचानको संरक्षण गर्ने र अन्य समुदायसँग आपसी सद्भाव तथा भाइचाराको सम्बन्ध विस्तार गर्ने उद्देश्यले सुना बाननी बडू समाज स्थापना गरिएको समाजले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?