शैल्यशिखरका नगरप्रमुख धामीलाई युवा बिष्टकाे खुलापत्र

आदरणीय शैल्यशिखर नगरपालिका प्रमुख ज्यू,
बिजया दशमी तथा दिपावलिको शुभकामना, आराम रहि आरामको कामना गर्दछु । उद्धघाटन र मिटिङ्गर भाषणभूषण र पार्टीतिर ब्यस्त हुनुहुन्छ होला । उसैपनी नगर कार्यालय तर्फ कमै देखिने तपाईं आजभोलि त पटक्कै देखिन छाडनु भयो।

झन तपाईको पार्टीलाई त अधिबेशन पनि लागेको भन्ने सूनिन्छ, त्यसैमा ब्यस्त हुनुहुन्छ होला । राजनीतिमा लगानी योगदान गरेको र जनताले मतदान गरेर निर्वाचित गरेको ब्यक्ति तपाईको योग्यता र क्षमता माथी शंका गर्ने कुनै ठाउँ छैन् । पटक पटक तपाईले पार्टीको उप सभापति हुनु भएको ऐतिहासिक ब्यक्ती, तपाईं अलि गाउँघरसंग सामिप्यता भएको ब्यक्ति ठान्थ्यो, तर आज बिकास निर्माणका पुरातन शैली, ढिलासुस्ती, उहीँ जुङ्गे कार्यशैली आदिले तपाईलाई पृथक देखाउन सकेन ।

हिजो अस्ती सडक पानीले धुएर धुलो रहित पार्न सकिने भिजन भएका आफ्नै पार्टीका साथिहरुको सल्लाह, सुझाव मान्नु भएन कि क्या हो ? निदाउने गोकुलेश्वर सहर बनाउने सपना देखेका तपाईका आसेपासे कार्यकर्ताहरुको सल्लाह लिनु भएन कि क्या हो ?

न गोकुलेश्वर बजार स्मार्ट सिटि, फनपार्क सहितको बन्यो? न फोहोर रहित गोकुलेश्वर बजार बन्यो? न एक सय सैयाको अस्पताल बन्यो? न गोकुलेश्वर अस्पतालको स्थिति बदलियो ? न गोकुलेश्वर माझि टोल ब्यबस्थापन भयो? न वाईफाई फ्री जोन गोकुलेश्वर बजार बन्यो? न खेलाडिका लागि खेल खेल्ने माहोल बन्यो? न रिङ्ग रोड बन्यो? न घर घरमा रोजगारी मिल्यो? न प्रत्येक भेग समेटिने गरि प्राबिधिक स्कुल बने? न डम्पिङ साईड बन्यो? न बसपार्क बन्यो? न नगरपालिकाको आफ्नै भवन बन्यो? न घर घरमा स्वच्छ पानी पुग्यो? न घर घरमा जाने बाटा पिच बने? न नगर बस चले ? न अत्यधुनिक एम्बुलेन्स चले ? न दमकल चले? न डोजर आयो? न बिज्ञ समूह बने? न बाल अधिकार प्रदान भयो? न महिला अधिकार प्रदान भयो? न सूचनाको हक प्रदान भयो? भए त दुईचार तपाईको आखमा पट्टी बांध्ने भए ।

खै सुन्दै छु दुईचार करारमा भर्ना गरेका कर्मचारीको पनि महिनौँ बित्यो र तलब भत्ता दिईएन, गरिब बर्गले सम्झौता अनुसार काम गरि काम गरेका योजनाको भुक्तानी मिलेन । कठै !

बग्यो त भ्रस्टाचारको खोलो बग्यो ! तपाईंलाई असहयोग गर्ने झुण्ड छ र तपाईं पनि डराउने र लरोतरो मान्छे हैन यस्ता असहयोगले गल्नु हुन्न । तपाईले थाहा पाउँदा वा तपाईं जन्मिदै देखेका पुराना बाटाहरु अहिले किन सांघुरा हुँदै गए (अस्पताल रोड) अनि ती गरिब बस्तीका झिना सपना कहिले पूरा हुने? जनताको बिकासे बजेट किन वडा मार्फत सम्झौता गर्न दिईएन? छुट्याउनु भएन ?
शैल्यशिखर नगरपालिका भित्र कै गाउँ र बजारका वार्डहरु बिचको बिकास निर्माणको दुरि कम गर्न सशक्त भुमिका खेल्न सक्नु भएन ? नगरपालिकाको टिपर किनेर फोहोर टिपर मार्फत ब्यबस्थापन गर्ने अभियान किन तुहियो?

आज महिला, बालबालिका, अपाङ्गता भएका ब्यक्ति, दलित समुदाय, अल्पसंख्यक, पछाडी पारिएको बर्ग, सिमाङकृत बर्गका लागि छुट्याइएको बजेट कति लक्षित बर्गसम्म पुगे? ती कार्यक्रमहरु कति उपलब्धिमुलक छन? त्यस्ता ब्यक्तिहरुको कति प्रभाव र पंहुच छ? यी बिषयमा नजर पुगेको देखिदैन। तपाईले बढाएको र बढेको करबाट प्रताडित जनताले के कुरा पाए भनेर चित्त बुझाउनु (रु. एक हजारको एक कृषकलाई सिफारिस?) सेवा सुबिधा स्तरोन्नति खै ? यी तर्फ नि सोच्नु होला ।

भन्न र लेख्न धेरै छ तर अहिले यति मात्र, निश्चित रुपमा यी कुराहरु तपाईसम्म पुग्छन भन्ने अपेक्षा राखेको छु । यस्लाई साधारण विपक्षिले उठाएको कुरा ठानेर साधारण रुपमा लिनु भयो भने कर्मचारीले र कार्यकर्ताले जनप्रतिनिधि नभएको बेला चलाएको स्थानीय निकाय भन्दा फरक हुदैन । तर यसलाई सुझावको रुपमा लिनु भयो भने केही हदसम्म सफल हुनुहुनेछ । आफ्नो मानो खाएर दिएको सुझाव ग्रहण गर्नुहुनेछ भन्ने बिश्वास लिएको छु।

उहीँ तपाइको शुभ चिन्तक ।
राजेश सिहं बिष्ट (गोकुलेश्वर)

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?