“म पागल कर्मचारी!”

दशौँ बर्षसम्म सारथीबिहिन रथ हाकेको हिम्मत र ईतिहास हेर्दै, निष्पक्ष प्रबेश र निस्वार्थ सेवाको साख जोगाउने सपना बुन्दै, बामे सरेको पाच वर्ष पुग्नै लाग्दा ईतिहास र भविष्य सोचेर छटपटी हुन्छ, भुमरीमा परे कि पारिए झ संग हुन्छु कतै म पागल त भएन !!!

अग्रजहरू भन्थे सत्मार्गको एउटै विकल्प छ नीतिनियम टेके पुग्छ, ढुक्क बन त्यो सर्ट र पाइन्टको योगदान र महिमा ठूलो छ र पो लागियो कस्सिएर तर यो पोसाकको त फरकफरक ब्राण्ड र रेट हुदो रहेछ, बुनेका सपना र भोग्ने वास्तविकताको कहाँ भेट हुदो रहेछ। घरीघरी लाग्छ कतै म पागल त भएन !!!

काँधमा अथाह जिम्मेवारी अनगिन्ती जनगुनासासँगै खै कुन्नी व्यक्तिगत जीवन त कता हराएछ हरेक बिहानको आशा दिनभरिको थकान भएपनि रातभरिको चिन्ताले ननिदाई भाले कराएछ, परिवार र साथीभाइले भन्छन कति ठूलो भइस एक कल रिसिभ गर्न नि गाह्रो तलाई, व्यस्त हुनुको सीमा छैन तर खै प्रतिफल सम्झाउन सक्दिन म आफूलाई र पो लाग्छ म पागल त भएन !!!

न बर्तमान गतिलो छ न त सुरक्षित भविष्यको अनुभूति, भन्न त भन्छु म पनि नेपाल सरकारको स्थायी कर्मचारी, प्रश्न तेर्साइ हाल्छन ब्राण्डको चसक्क छाती पोल्छ निशब्द हुन्छु अनि लाग्छ, थुक्क क्षमता, काम र जिम्मेवारीको मूल्य होइन तहगत ब्राण्ड पो बिक्दो रहेछ र लाग्छ कतै म पागल त भएन !!!

पढाइ उस्तै तिम्रो र मेरो सँगैका यात्री थियौ कुनै पल, ब्रान्डेड पर्यौ तिमी मित्र दुर्गमको थाङ्ने म आजकल के स्तर मिल्थ्यो र साबहरूसंगको उठबस अनि चिल्ला कारको सवारी, अनि फोनकै नेटवर्क नहुने भीरपाखाको पैदल यात्री म सम्झिदै लाग्छ कतै म पागल त भएन !!!

हो मैले ढाट्न जानेन ठूलाठूला पावरका कुरा लाउदै गफ छाट्न जानेन, हाजिर लाएर कामचोर बनी कहिल्यै घुमेन काम नसकी अफिस टाइम भन्दै छोड्दै हिनेन, बिरामी हुदा नि बिदा बस्न सकेन, फेरि पनि गाली र अपमान बाहेक केही पाएन र पो लाग्छ कतै म पागल त भएन !!!

मकैको रोटी नुनै ठीक छ मलाई दुई चार गरिबको आँसु पुछ्न पाऊ, दुखै होस बरू सुधार्न सकू आफू बसेको गाउँ ठाँउ, आँखामा पट्टि लगाएर सुबिधा भोगी नियतले यही ठीक लाग्छ भने, फूल टिप्न कती दिन पाउछौ होला मालीले बगैँचा हेर्नै छोड्यो भने, बल्ल थाहा पाउनेछौ म किन पागल भएछु  !!!

लेखक : ममता विष्ट, दार्चुलाको लेकम गाउँपालिकामा लेखा अधिकृत पदमा कार्यरत हुनुहुन्छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?