भारतमा विवाहबाट फर्किँदै गरेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

विवाहबाट फर्किदै गरेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भारत उत्तरप्रदेशको प्रतापगढ जिल्लामा विवाहबाट फर्किरहेको जिप दुर्घटना हुँदा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको छ ।

विवाह समारोहमा सहभागी भएर आफ्नो गाउँ फर्किन लागेकाहरु सवार बोलेरो जिप प्रयागराज–लखनउ राजमार्गमा रोकिराखेको एक ट्रकमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।

बिहीबार राति भउको सो दुर्घटनामा चालककोपनि मृत्यु भएको बताइएको छ । चालक निदाएर दुर्घटना भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकहरुमध्ये १२ जना कुँडा कोतवालीको चौंसा जिरगापुर गाउँका हुन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?