ट्रक दुर्घटना हुँदा एकै परिवारका तीनसहित ६ जनाको मृत्यु

मनाङ । नासों गाउँपालिका-३ मा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । शनिबार राति खोत्राेमा भएको दुर्घटनास्थलमै तीन जनाको मृत्यु भएको छ भने उपचारका लागि लमजुङ लैजाने क्रममा थप २ जनाको र उपचारको क्रममा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मनाङका डीएसपी सुवास खड्काका अनुसार दुर्घटनामा परेर मनाङको नासों गाउँपालिका-४, ओडार गाउँका एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अन्दाजी डेढ वर्षका लियोन गुरुङ, ३५ वर्षीया मनिषा गुरुङ र अन्दाजी ३१ वर्षीया जलकाशी गुरुङको घटनास्थलमै मृत्यु भएको हो । मृतक लियोन मनिषाको छोरा हुन् । मनिषा र जलकाशी दिदीबहिनी हुन् ।

त्यसैगरी सो दुर्घटनामा घाइते भएका ट्रकका सहचालक लमजुङको मर्स्याङ्दी गाउँपालिका ५, घेर्मु खोरियाखेतका २१ वर्षीय लक्ष्मण नेपाली र चामे गाउँपालिका ४ का २८ वर्षीय राजु विकलाई उपचारका लागि लैजाने क्रममा बाटोमानै मृत्यु भएको हो ।

उपचारकालागि चितवन लगिएका अन्दाजी ४ वर्षीय थियोन गुरुडको उपचारकै क्रममा मृत्यु भएको छ । गम्भीर घाइते ट्रकका चालक तनहुँको भानु नगरपालिका-३ का २४ वर्षीय सुमन तामाङ, नासों गाउँपालिका-४ का अन्दाजी ६ वर्षीय नियोल गुरुङलाई जिल्ला अस्पताल लमजुङमा प्रारम्भिक उपचारपछि पुरानो मेडिकल कलेज चितवनमा रिफर गरिएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?