दार्चुला । डोटीको सेती नदीमा पौडी खेल्ने क्रममा ढुवेर दार्चुलाको मालिकार्जुनका एक युवकको मृत्यु भएको छ ।
सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इञ्जिनीयरिङ पढ्दै गरेका जिल्लाकोे मालिकार्जुन गाउँपालिका घर भएका १७ वर्षीय दिपेन्द्र सिंह धामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।
डोटीको शिखर नगरपालिका वडा नम्बर ४ मुडेगाउँको कालागाड नजिकै रहेको धार्मिकस्थल सालमुनिमा पूजामा गएको समयमा सेती नदीमा पौडी खेल्ने क्रममा नदीभित्रको हिलोमा अड्किएर धाँमीको मृत्यु भएको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया