संसद अधिवेशन आजै १२ बजेदेखि अन्त्य गर्न सिफारिस

दार्चुला । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

मन्त्रिपरिषदको बैठकको निर्णय लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतलनिवास जानुभएको छ ।

यसअघि वैशाख १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते संसदको विशेष अधिवेशन आह्वान गर्नुभएको थियो ।

सोमबार संसदमा विश्वासको मत माग्दा प्रधानमन्त्रीको पक्षमा जम्मा ९३ मत परेको थियो । संसदको बहुमत सदस्यको समर्थन अर्थात् १३६ मत पाउन नसकेका कारण प्रधानमन्त्री ओली सोमबार नै पदमुक्त हुनुभएको छ ।

कुल सांसद संख्या २७५ मध्ये आज संसदमा उपस्थित संख्या २३२ रहेको थियो । पक्षमा ९३ मत परेकोमा विपक्षमा १२४ मत र १५ सासंद तटस्थ रहनुभएको छ ।

प्रधानमन्त्री केपी ओलीले सोमबार विश्वासको मत लिँदा एमालेकै २७ सांसद अनुपस्थित रहेका थिए ।

प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?