एक महिनामा चट्याङ लागेर २१ जनाको मृत्यु, ८४ घाइते

दार्चुला । गएको एक महिनामा चट्याङ लागेर २१ जनाको ज्यान गएको छ । गएको वैशाख १ गतेदेखि वैशाख ३० ९बिहान १० बजे० गते बिहीवारसम्ममा देशका विभिन्न भागमा चट्याङ लागेर २१ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यस्तै एक महिनाको अवधिमा ८४ जना घाइते भएका छन् भने एक करोड ४५ लाख रुपैयाँभन्दा धेरैको क्षति भएको छ ।

त्यस्तै एक महिनाको अवधिमा आगलागीबाट सात जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् । एक महिनामा आगलागीबाट दुई करोड ८५ लाख रुपैयाँभन्दा धेरैको क्षति भएको प्राधिकरणले जनाएको छ ।

वैशाख महिनामा जनावरको आक्रमणबाट तीन जना र हावाहुरीबाट एक जनाले ज्यान गुमाएका छन् । प्राधिकरणका अनुसार वैशाख महिनामा भएका दुई सय ४० वटा विपद्का घटनामा ३२ जनाको ज्यान गएको छ । एक सय ३४ जना घाइते भएका छन् ।

घटनामा ३३ करोड ४६ लाख रुपैयाँभन्दा धेरैको क्षति भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?