कोरोना सङ्क्रमणबाट एकैदिन २१४ जनाको मृत्यु, पाँच हजार ५५ निको भए

दार्चुला । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप दुई सय १४ जनाको ज्यान गएको छ ।

यसअघिको विवरण र पछिल्लो २४ घण्टामा समेत गरी दुई सय २४ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार हजार चार सय ६६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा आठ हजार नौ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १९ हजार चार सय ७४ जनाको पीसीआर र सात सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा आठ हजार नौ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या चार लाख ३१ हजार एक सय ९१ पुगेको छ ।

यस्तै २४ घण्टामा पाँच हजार ५५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख २१ हजार पाँच सय १८ पुगेको छ ।

अहिले नेपालमा एक लाख पाँच हजार दुई सय सात जना सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?