दार्चुला । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री गुरुङले पुरानै मन्त्रीलाई निरन्तरता दिँदै मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले किरण गुरुङलाई आर्थिक मामिला तथा योजनामन्त्री रुपमा शपथ ग्रहण गराउनुभयो भने रामशरण बस्नेत, रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनलाई विना विभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गराउनुभएको हो ।
युवा तथा खेलकुदमन्त्रीमा नियुक्त राजीव गुरुङ (दीपक मनाङे) मने बाहिर रहेकाले शपथ ग्रहणमा सहभागी हुनुभएन ।
यसअघि बस्नेतले भौतिक पूर्वाधार, लम्सालले उद्योग पर्यटन वन तथा वातावरण र पुनले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
मुख्यमन्त्री गुरुङ कोरोना सङ्क्रमित हुनुभएका कारण उहाँ मुख्यमन्त्री नियुक्त हुनुभएको एक हप्तापछि मात्र मन्त्रिपरिषद् विस्तार गरिएको हो ।





प्रतिक्रिया