कोरोनाबाट १९३ जनाको मृत्यु, ७९१४ संक्रमित थपिए

दार्चुला । पछिल्लो २४ घण्टामा देशभर कोरोना सङ्क्रमणबाट थप सय ९३ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार तीन सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सात हजार नौ सय १४ जनामा सङ्क्रमण पुष्टि भएको छ । १८ हजार नौ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा सात हजार पाँच सय ९८ जना र नौ सय ३१ जनाको एन्टिजेन परीक्षण गर्दा तीन सय १६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

आज सङ्क्रमण पुष्टि भएकामध्ये दुई हजार आठ सय २१ जना काठमाण्डौ उपत्यकाका रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा सात हजार ६ सय ६४ जना निको भएका छन् । अहिले नेपालमा एक लाख १५ हजार पाँच सय ४७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?