माधव नेपाल पक्षका युवा नेताले दिए आयोगमा दल दर्ताको निवेदन

दार्चुला । निर्वाचन आयोगमा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका युवा नेताहरुले राजनीतिक दल दर्ताको लागि निवेदन दिएका छन् ।

युवा नेता जीवन राई अध्यक्ष रहेको सो दलको नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) राखिएको छ । उनी माधव पक्षमा रहेका अनेरास्ववियूका पूर्व विद्यार्थी नेता समेत हुन् । गत वैशाख ७ गते दल दर्ताको निवेदन परेपनि दर्ता हुने क्रममा रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

२५ सदस्यीय केन्द्रीय कमिटी रहेको सो दलमा अध्यक्षमा जीवन राई, कल्पना गुरुङ उपाध्यक्ष, बिनोद कुमार खुलाल महासचिव, ऐन बिक्रम कुँवर सचिव र सुशीला खनाल कोषाध्यक्ष रहेका छन् ।

दल दर्ताका लागि पेश गरेको कागजात अध्ययन गर्ने काम भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । दल दर्ताका लागि प्राप्त निवेदन र कागजात अध्ययन गर्ने काम भइरहेको छ उहाँले बताउनुभयो ।

पार्टीको विधान, घोषणापत्र, केन्द्रीय कमिटी बैठकका माइन्यूट, पदाधिकारीको हस्ताक्षरको सनाखत लगायतको अध्ययन भइरहेको छ । सबै प्रक्रिया पुगेको रहेछ भने आयोगको निर्णयबाट दल दर्ता हुन्छ ।’ नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव पक्षका युवा नेताहरुले दल दर्ताका लागि निवेदन दिएका हुन् ।

राईले आफु अध्यक्ष रहेको २५ सदस्यीय कार्यसमिति सदस्य रहेको पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएको बताउनुभयो । मैले निर्वाचन आयोगमा एक महिना अघि नै पार्टी दर्ताका लागि निवेदन दिएको हुँ’, राईले भन्नुभयो, ‘४५ दिनपछि दर्ता प्रमाणपत्र लिन आउनु भनेर आयोगले भनेको छ ।’

नेपाल कम्युनिस्ट पार्टी एकीकृत पार्टीको नाम हो । कलम चुनाव चिन्ह छानेको छु’, राईको भनाई छ । राईले कतिपयले एमालेको माधव नेपाल समुहको निर्देशनमा पार्टी दर्ता गरेको भनेर आशंका गरेपनि आफुले स्वतन्त्र ढंगले गरेको दावी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?