दार्चुला । दार्चुलामा बुधबार (आज) थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहमा १ सय ५४ जनाको एन्टीजेन परिक्षण गर्दा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज थपिएकामा मालिकार्जुन गाउँपालिकाका २२ जना रहेका छन् । त्यस्तै लेकम गाउँपालिकाका ३ जना, महाकाली नगरपालिकाका र व्याँस गाउँपालिकाका दुई/दुई जना, शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका र नौगाड गाउँपालिकाका एक/ एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।
आज थपिएका सहित दार्चुलामा कोरोनाको दोस्रो लहर सुरु भए यता कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८ सय ३० पुगेको छ।
त्यस्तै बुधबार थप २७ जनाले कोरोना संक्रमण जितेका छन । यो संगै हाल सम्म कोरोना संकमण मुक्त हुनेको संख्या ५ सय ७६ पुगेको छ ।
कोरोना संक्रमणको दोस्रो लहर सुरु भए तया दार्चुलामा कोरोना संक्रमणको कारण ११ जनाको ज्यान गएको छ।





प्रतिक्रिया