भारतको मणिपुरमा गोली हानी ३ जनाको हत्या

दार्चुला । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा जारी हिंसामा थप ३ जनाको मृत्यु भएको छ ।

बन्दुकधारीहरूले कुकी समुदायका ३ जना सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ । मणिपुरको राजधानी शहर इम्फालबाट करिब ३३ किलोमिटर उत्तरपूर्वमा रहेको उखरुल जिल्लाको थोवाई कुकी गाउँमा शुक्रबार दिउँसो ती पुरुषहरूलाई गोली हानी हत्या गरिएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार हत्यापछि सरकारी सेना आक्रमणकारीलाई पक्रन गाउँमा पुगेका थिए । बहुसंख्यक मेइती समूह र आदिवासी कुकी अल्पसंख्यकबीच जातीय द्वन्द्वका कारण जारी हिंसामा हालसम्म १ सय ५० भन्दा बढीको ज्यान गएको छ ।

हिंसाका क्रममा सयौं घर र पसलहरू जलाइएको समाचारमा उल्लेख छ । एजेन्सी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?