दार्चुला । दार्चुलाको रिठाचौपाता स्वास्थ्य चौकी र दत्तु स्वास्थ्य चौकीमा नसर्ने रोग “स्क्रीनिङ” शिविर सञ्चालन हुने भएको छ ।
स्वास्थ्य कार्यालय दार्चुलाको आयोजनमा शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार असार ९ गते लेकमको रिठाचौपाता स्वास्थ्य चौकी र ११ गते महाकालीको दत्तु स्वास्थ्य चौकीमा नसर्ने रोग स्क्रीनिङ शिविर सञ्चालन हुने छ ।
शिविरमा रक्तचाप परीक्षण तथा परामर्श, मधुमेहको परीक्षण तथा परामर्श, तौल तथा उचाई जाच, रगतमा बोसो जमेको परीक्षण गरिनुका साथै दम तथा स्वासप्रस्वास सम्बन्धि जाँच गरिने बताइएको छ ।





प्रतिक्रिया