दार्चुलाको शैल्यशिखर-६ का ४७ जनालाई जग्गाधनी पूर्जा वितरण

दार्चुला । भूमि समस्या समाधान आयोग, जिल्ला समिति दार्चुलाले शैल्यशिखर नगरपालिका वडा नम्बर ६ को मिलमिली, पनेवाँज, उल्लानी,ग्वानी र टुणका विवरण दर्ता गराएका ८१ जनामध्ये ४७ जनालाई जग्गाधनी पूर्जा वितरण गरेको छ ।

समितिले उक्त वस्तीका ४७ जना अव्यवस्थित बसोवासीहरुलाई जग्गाको लालपूर्जा वितरण गरेको भूमि समस्या समाधान आयोग दार्चुलाका अध्यक्ष लालसिंह धामीले जानकारी दिनुभयो । ८१ जना अव्यवस्थित बसोवासीहरुलाई जग्गा उपलब्ध गराउने प्रकिया सुरु गरिएको भएपनी ३४ जनाले राजस्व नबुझाएकाले ४७ जनालाई मात्रै जग्गाको लालपूर्जा वितरण गरिएको अध्यक्ष धामीले बताउनुभयो ।

विगतदेखी नै सरकारी जमिन चलनभोग गरिरहेका शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का स्थानीयलाई जग्गाको लालपुर्जा उपलब्ध गराउन जग्गाको नापजाँच, तथ्यांक सङ्कलन र नक्साङ्कन गर्न तथा राजस्व बुझाउन अनुरोध गरिएको छ । राजस्व बुझाइसकेपछि जुनसुकै बेला पनी जग्गा उपलब्ध गराईने अध्यक्ष धामीले बताउनुभयो ।

नेपाल सरकार भुमिहिन दलित भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासिको लागत संकलन सम्बन्धि कार्यविधि २०७८ अनुसार जग्गाको नापजाँच फोल्ड मुचुल्का राजस्व संकलन लगायतका आवस्यक प्रक्रिया पुरा गरेर अव्यवस्थित बसोबासीलाई प्रमाण पूर्जा वितरण गरिएको नापी कार्यालय दार्चुलाका कार्यालय प्रमुख टिकेन्द्र सिंह धामीले जानकारी दिनुभयो । वडा नम्बर ६ का ४५ जनालाई २ सय ९४ रोपनीको प्रमाणपूर्जा वितरण गरिएको हो।जग्गा उपभोग गर्दै आएका स्थानीयहरुबाट ७ लाख ३८ हजार ५४ रुपैयाँ राजस्व सङ्कलन गरिएको उहाँले बताउनुभयो ।

जग्गाधनीले १० बर्षसम्म उक्त जग्गा बिक्री गर्न नपाउने मालपोत कार्यालय दार्चुलाका कार्यालय प्रमुख लक्ष्मी दत्त बिस्टले बताउनुभएको छ । वडा नम्बर ६ का ३ सय १५ अव्यवस्थित बसोबासी रहेकोमा ८२ जनाको मात्र निवेदन संकलन गरिएको थियो । जसमध्ये ४५ जना अव्यवस्थित बसोबासीले मात्र राज्वस्व बुझाएको बिस्टले बताउनुभयो। दशकअघिदेखिको समस्याका रूपमा रहेको अव्यवस्थित बसोबासी लाई निकै चुनौतीका बाबजुद जग्गाधनी प्रमाण पुर्जा दिन सफल भएको अध्यक्ष लाल सिंह धामीले बताउनुभयो ।

शैल्यशिखर नगरपालिकाको सहकार्यबाट अव्यवस्थित जग्गाको नापजाँच भएर लालपुर्जा वितरण गर्न सफल भएको उहाँले बताउनुभयो । प्रमाण पुर्जा वितरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडूले विगतमा पनि जग्गा बिहिन हरुलाई सेतो पुर्जा मार्फत जग्गाको स्वामित्व प्रदान गरेको बताउनुभयो। लामो समयपछि जग्गाधनी पूर्जा पाएपछि स्थानीय खुशी भएका छन् ।

जग्गाधनी पूर्जा वितरण कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख महादेव बडू प्रमुख जिल्ला अधिकारी अनिल पौडेल ,शसस्त्र प्रहरी दार्चुलाका प्रमुख देव राज जोशी जिल्ला प्रहरी कार्यालय दार्चुला का डिएसपी प्रकाश दाहाल ,राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय का प्रमुख अनुसन्धान अधिकृत गोबिन्द पाण्डे, नापिकार्यालयका प्रमुख टिकेन्द्र सिंह धामी, मालपोत कार्यालय दार्चुलाका कार्यालय प्रमुख लक्ष्मी दत्त बिष्ट , शैल्यशिखर नगरपालिकाका नगर उप–प्रमुख शान्ती खडायत वडा नम्बर ६ का वडा अध्यक्ष जगदीश सिंह धामी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?