दार्चुलामा दुई जना फरार प्रतिवादी पक्राउ

दार्चुला। दार्चुलामा प्रहरीले फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

अदालतको फैसला कार्यान्वयनका क्रममा दुई फरार प्रतिवादी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

अभद्र व्यवहार मुद्दामा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएका महाकाली नगरपालिका वडा नम्बर ७ धाप निवासी २५ वर्षीय सुरेश राम कोली र विदेशी विनिमय अपचलन मुद्दामा ७७ हजार ३४८ रूपैयाँ ७० पैसा जरिवाना तोकिएका दुँहुँ गाउँपालिका वडा नम्बर १ पिपलचौरीका ३२ वर्षीय तेजबहादुर बमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी, प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिनुभयो।

प्रहरीले पक्राउ परेकालाई कानुनी प्रक्रिया अनुसार अदालतमा उपस्थित गराउने जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?